एजेन्सी । अमेरिकाको अर्थतन्त्रका लागि चीन मुख्य खतरा रहेको उल्लेख गर्दै अमेरिकी संघीय अनुसन्धान ब्युरोले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिसँग सम्बन्धित दुई हजार अनुसन्धान अघि बढाइएको बताएको छ ।
एफबीआईका निर्देशक क्रिस्टोफर वारेले अमेरिकाको अर्थतन्त्र र प्रजातान्त्रिक सिद्धान्तका लागि चीन मुख्य चुनौती रहेको बताएका छन् । उनले भने, “अमेरिकाको आविष्कार, हाम्रो आर्थिक सुरक्षा र प्रजातान्त्रिक विचारहरूको लागि अहिलेसम्म बृहत खतरा उत्पन्न गराउने चीनबाहेक अन्य कुनै मुलुक छैन ।”
उनले अहिले विभिन्न दुई हजारभन्दा बढी गतिविधहरुका अनुसन्धान भइरहेको बताए । उनका अनुसार चिनियाँ नेक्ससद्वारा अमेरिकाको आर्थिक जासुसीमा १३ सय प्रतिशत वृद्धि भएको छ । ब्यूरोले हरेक १० घण्टामा चिनियाँ गतिविधिको जानकारी गराउने गरी नयाँ काउन्टर-इन्टेलिजेन्स अनुसन्धान सुरु गरेकोसमेत उनले बताए ।
अमेरिकी कानुन मन्त्रालयले चिनियाँ गतिविधिमाथि निगरानी बढाएको छ भने सन् २०१८ देखि चिनियाँ पहलमा भएका काममासमेत निगरानी बढाएको छ । केही चिनियाँ जासुसलाई नियन्त्रणमा लिएको छ भने ह्याकिङ् प्रक्रियालाई अवरुद्ध बनाइएको छ । जसले विभिन्न व्यपारिक प्रयोजनका वेबसाइट ह्याक गरेर व्यापारिक गोप्य प्रमाणहरु चोरी गर्ने काम गरेका थिए ।
पछिल्लो समय चीनले अन्य मुलुकमासमेत जासुसी गतविधि बढाएको आरोप लगाउने गरिएको छ ।
Facebook Comments