पाकिस्तानका प्रधानमन्त्रीले आतंककारी लादेनलाई सहिदको संज्ञा दिएपछि विवादमा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान फेरि विवादमा परेका छन् । उनले पाकिस्तानको संसदमा ९/११ का मास्टमाइन्ड भनिएका आतंककारी ओसामा बिन लादेनलाई सहिदको संज्ञा दिएका छन् ।

लादेनलाई अमेरिकाले मारेको थियो । पाकिस्तानी प्रधानमन्त्री खानले हामीले आतंकवादविरुद्ध अमेरिकालाई सहयोग गरेको उल्लेख गर्दै फेरि पाकिस्तानलाई आतंककारीको सुरक्षित स्थान भनेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“हाम्रा सहयोगीहरु हाम्रो मुलुकमा प्रवेश गर्छन् र आतंककारीलाई मार्छ । हामीलाई यस विषयमा केही भन्‍नु छैन,” उनले भने । लादेन सन् २०११ मा अमेरिकी सैनिकबाट मारिएका थिए । उनले विश्वभर आतंकवादी समूह विस्तार गरेको आरोप लगाइएको थियो ।

उनले यसअघि सेप्टेम्बरमा अमेरिका भ्रमणका क्रममा अमेरिकाले बिन लादेनलाई मार्न नहुने तर्क गरेका थिए ।

Facebook Comments