चीनमा प्रतिबन्धित भिटिएम स्वास्थ्य सेवा विभागले किनेको खुलासा

काठमाडौं । कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय स्वास्थ्य सामग्री प्रशासन (एनएमपिए)ले प्रयोग गर्ने अनुमति नदिई निर्यातमा समेत प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको मिलोमतोमा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग १ लाख ७० हजार गुणस्तरहीन भिटिएम खरिद गरेका हुन्।

भिटिएम खरिदका लागि भएको टेन्डरमा २० वटा कम्पनीले आवेदन दिए पनि विभागले गुणस्तरहीन भिटिएम दिने प्रस्ताव पेस गरेकै कम्पनीसँग खरिद सम्झौता गरेकाले यसमा मिलेमतो भएको देखाउँछ।

अन्य १९ वटा कम्पनीले चीन तथा कोरियामा उत्पादन भएको गुणस्तरीय भिटिएम दिने प्रस्ताव हालेका थिए। तर विभागका अधिकारीहरुले चीन सरकारले नै रोक लगाएको कम्पनीको भिटिएम दिन प्रस्ताव गरेको जनमुक्तिसँग भिटिएम खरिद गर्ने गरी दुई पक्षीय सम्झौता गरेका थिए। विभागले १ लाख ७० हजार भिटिएम खरिदका लागि २ करोड ७२ लाख रुपैयाँमा जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो। नेपाल लाइफबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.