लकडाउन खुलेपछि काराेनाले लियाे बिकराल रूप

एजेन्सी । भारतको दिल्लीमा लकडाउन हटाएयता दिल्लीमा परीक्षणमा आएको तिव्रतासँगै संक्रमितको संख्या पनि बढिरहेको हो। पहिले दैनिक ६ हजार परीक्षण हुने गरेकोमा हाल दैनिक १६ हजार दैनिक परीक्षण हुने गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना परीक्षण क्षमता ३ गुणा बढाइएको र दैनिक ३ हजारको संख्यामा संक्रमित बढिरहेको बताएका थिए। दिल्लीमा कूल संक्रमितमध्ये ४५ हजार निको भएका छन् भने दिल्ली प्रदेशमा २६ हजार सक्रिय संक्रमित रहेको उनले बताए।

त्यस्तै मृत्यु हुनेको संख्या ५ गुणा बढेको छ। मे महिनाको अन्त्यसम्म दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७३ रहेकोमा १५ जुनसम्ममा १५ सय र २६ जुन शुक्रबारसम्ममा २ हजार ४ सय २९ पुगेको हो।

मुम्बईमा भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दिल्लीमा मृत्युदर ३ प्रतिशत रहेकोमा मुम्बईमा भने ५ प्रतिशत रहेको बताइएको छ।

यसैबीच, दिल्लीमा शैक्षिक संस्था आगामी ३१ जुलाईसम्म बन्द गर्ने घोषणा गरिएको छ । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाले शुक्रबार भएको एक उच्चस्तरीय बैठकपछि यो घोषणा गरेका हुन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.