केन्याको अदालतले भन्‍यो – चीनसँग गरेको ३ अर्ब २० करोड डलरको रेलवे सम्झौता अवैध

Photo : Google

एजेन्सी । केन्याले चीनसँग गरेको तीन अर्ब २० करोड अमेरिकी डलरको रेलवे सम्झौता केन्याको अदालतले अवैध भएको ठहर गरेको छ । केन्य सरकार र चाइना रोड एन्ड ब्रजि कर्पोरेशनबीच भएको सम्झौता अवैध भएको ठहर गरिएको हो ।

केन्या रेलवेले मुलुकको कानुनको उल्लंघन गर्ने बिआरआई अन्तर्गतको अर्बौं लगानीको परियोजना गर्दा मुलुकको आधारभूत कानुको उल्लंघन गरेको अदालतको ठहर छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकारकर्मी ओकिया ओमताह र केन्या कानुनी समाजले संयुक्तरुपमा यसविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरेका थिए । उनीहरुले उक्त रेलवे सम्झौतामा आएको रकमले रेलवे निर्माण कार्य रोक्‍न माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले रेलवे सार्वजनिक परियोजना भएकोले यसको प्रक्रिया निष्पक्ष, प्रतिस्पर्धा र पारदर्शी हुनुपर्ने बताएको छ ।

सन् २०१४ मा सीआरबीसीले केन्याको मोम्बासा बन्दरगाहदेखि नैरोबीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो । त्यसपछि चिनियाँ कम्युनिकेशन कन्सट्रक्सन कम्पनीले नैरोबीदेखि नैभाषासम्म रेलमार्ग निर्माणका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको अर्को परियजना बनाउने सम्झौता गरेको थियो ।

दुबै परियोजना सम्पन्‍न भएर सञ्‍चालनमा आइसकेका छन् । उक्त रेलवेले कमाउने रकम केन्या सरकारलाई नबुझाएको भन्दै सांसदहरुले प्रश्‍न उठाएका थिए । केन्यास्थित चिनियाँ दूतावासले केन्या सरकारले रेलमार्ग निमार्णका लागि लगानी भएको रकम फिर्ता गरिनसकेको बताएको छ ।

Facebook Comments