एजेन्सी। चीनले तिब्बतमा पूर्णरुपमा कब्जा गरिसकेपछि अबको चीन रणनीति भनेको नेपाल, भुटान, लद्दाख र सिक्किममाथि कब्जा गर्ने रणनीति रहेको खुलासा भएको छ । निर्वासनमा रहेका तिब्बत सरकारका प्रमुख लोबसाङ साङ्जेले चिनियाँ विस्तारवादी नीतिबाट टाढा रहन नेपाललाई आग्रह गरेका छन् ।
सन् १९६० पछि चीनले सम्पूर्ण यस क्षेत्रको भूभाग आफ्नो कब्जामा बनाउने रणनीतिका साथ चीन अघि बढेको उनले बताएका छन् । बेइजिङले तिब्बत हत्केला भएको र नेपाल, भुटान, लद्दाख, सिक्किम र अरुणाञ्चल पाँच औंला भएको बताउँदै आएको छ ।
चीनले तिब्बतमा पूर्णरुपमा कब्जा गरिसकेपछि पछिल्लो समय चिनियाँ गतिविधिहरु नेपाल केन्द्रित भएका छन् । भुटान र सिक्किम कब्जा गर्ने रणनीति अनुरुप सन् २०१७ मा डोक्लाम युद्ध भएको थियो । सन् २०२० मा लद्दाखलाई कब्जा गर्न भारतीय सीमा क्षेत्रमा चीनले ठूलो सैन्य संरचनाहरु बनाइरहेको छ ।
यसअघि जून १५-१६ मा पूर्वी लद्दाखकको गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनतर्फ नि धेरै सैनिक मारिएका थिए ।
चीनले नेपाललाई सडक मार्ग बनाउने उद्देश्य अनुरुप बीआरआई सम्झौता गरेको छ । यससँगै चीनले नेपालका विभिन्न जिल्लामा अतिक्रमण गरेको खुलासा भएको थियो । तर, चीन सरकारको दबाबमा रहेको कम्युनिस्ट नेतृत्वको सरकारले चिनियाँ अतिक्रमणविरुद्धका आवाजहरु दबाउने प्रयास गरिरहेको छ । जसअनुरुप बिहीकार चीनले नेपालको कुनै भूमि अतिक्रमण गरेको छैन भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।
Facebook Comments