एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी कोरोना भाइरसको संक्रमणको महामारीका कारण सन् २०२० मा विश्वको अर्थतन्त्र ४.९ प्रतिशत ऋणात्मक हुने अनुमान गरिरहेको बेला भारतको अर्थतन्त्र भने ४.५ प्रतिशत हुने अनुमान गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनकारण विश्वको अर्थतन्त्र खुम्चिने बताइएको छ । सन् २०२० को पहिलो छ महिनामा कोरोनाका कारण आर्थिक गतिविधिहरु ठप्प भएका कारण अर्थतन्त्रमा गिरावट आउने अनुमान गरिएको हो ।
आईएमएफका अनुसार सन् २०२१ मा विश्वको अर्थतन्त्र ५.४ प्रतिशतले बढ्नेसमेत बताइएको छ । सन् २०२१ मा विश्वको कुल गर्हास्थ उत्पादन ६.५ प्रतिशत हुने र जुन कोरोना सुरु हुनुभन्दा अघिकोभन्दा कम भएको बताइएको छ ।
भारतका आर्थिक गतिविधिहरु ग्रामिण केन्द्रित भएका कारण अर्थतन्त्रमा खासै असर नपर्ने बताइएको हो ।
सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमितको संख्या विश्वव्यापी रुपमा करिब एक करोड पुग्नै लागेको छ भने मृत्यु हुनेको संख्या साढे चार लाख पुग्न लागेको बताइएको छ ।
Facebook Comments