आज थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५९३ जनामा संक्रमण देखिएको हो। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ। प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ जना रहेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.