पाकिस्तानले आतंकवादी समूहको सहयाेग गर्ने काम गरिरहेको छ: अमेरिका

एजेन्सी । संयुक्त राज्य अमेरिकाको एक अध्ययनले पाकिस्तानले आतंकवादी समूहको सुरक्षित शरणको काम गरिरहको जनाएको छ ।

उक्त प्रतिवेदनका अनुसार पाकिस्तानले क्षेत्रीय आतंकवादी समूह अफगान तालिवान, एचक्वूएन, लेट, जेम र उनीहरुका भ्रातृसंस्थालाई आश्रय दिइरहेको जनाइएको छ । जसले अफगानिस्तान र भारतीय क्षेत्रीय भूभागहरुलाई निशाना बनाएका छन् ।

सन् २०१९ मा अमेरिकी विदेश मन्त्रालयले अमेरिकी संसदमा पेश गरेको आतंकवादसम्बन्धी रिपोर्टका अनुसार पाकिस्तानले सन् २०१९ मा आतंकवादका लागि आर्थिक सहयोग गर्नुका साथै भारत केन्द्रित मिलिसिया समूहलाई उक्साइरहेको बताइएको छ । जसले फेब्रुअरीमा भारतीय सुरक्षाकर्मीमाथि जम्मु-काश्मीरमा आक्रमण गरेका थिए, उक्त आक्रमणको जिम्मा भने पाकिस्तानी आतंकवादी समूह जेमले लिएको थियो ।

यद्पि इस्लामवादले भारत र अफगानिस्तान केन्द्रित मिलिसियाका लागि कुनै निर्णायक कदम चालेको छैन, जसले उसको सञ्‍चालन कार्यक्षमतालाई अवमूल्यन गरिरहेको छ । उक्त रिपोर्टका अनुसार सन् २०१९ मा अमेरिका-तालिबान समूहबीचको वार्तामा पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पाकिस्तानको सन् २०१५ को आतंकवादविरुद्धको नेशनल एक्सन प्लान अझै अधुरो भएको बताइएको छ । विशेषगरी यसले सम्पूर्ण आतंकवादी समूहलाई निस्क्रिय बनाउने योजना बनाएको थियो । तर, पाकिस्तानमा अझै पनि आतंकवादी समूहहरु सक्रिय भएका छन् ।

Facebook Comments