नेपाल कम्युनिष्ट पार्टीले दियो मन्त्री लेखराज भट्टलाई कारबाही गर्ने धम्की

धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई जनकारबाही गर्ने धम्की दिएको छ।

नेकपा जिल्ला कमिटीको तर्फबाट विप्लव समूहका कार्यकर्ताले कैलालीमा रहेको मन्त्री भट्टको घरमै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा मतदान गरे जनस्तरबाटै बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र दिएका हुन्।

पत्रमा एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै मन्त्री भट्टलाई विपक्षमा मतदान गर्न आग्रह गरिएको छ।

पत्रमा लेखिएको छ, ‘राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरूको रहेको छ। यदि नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौँ ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.