काठमाडौँ । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ र भक्तपुर जिल्लामा ४र४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।
संक्रमितहरूमा काठमाडौँका २ महिला, दुई पुरुष, भक्तपुरका एक महिला, ३ पुरुष र ललितपुरका एक जना पुरुष रहेको समेत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज देशभरि ४ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments