बिहिबार कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

काठमाडौं । नेपालमा बिहिबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीका एक एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ जना महिला र २ जना पुरुष, डडेल्धुराका एकजना महिला र ११ पुरुष, कैलालीका २ जना पुरुष, कंचनपुरका ११ जना महिला र ४८ जना पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ जना महिला र ८६ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एकजना महिला र ४ जना पुरुष, तनुहँका २ जना महिला र ७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष, म्याग्दीका एक महिला र ५ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक जना पुरुष, बर्दियाका एकजना महिला र ५ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बझाङका २ पुरुष, बाँकेका एकजना पुरुष, दैलेखका १ महिला र १७ जना पुरुष दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एकजना पुरुष, इलामका एकजना पुरुष, जुम्लाका एकजना पुरुष, कैलालीका एकजना पुरुष, कालिकोटका एक महिला र २ जना पुरुष, कास्कीका एकजना पुरुष, लमजुङका एकजना पुरुष, सल्यानका एकजना पुरुष, र सुर्खेतका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बाजुराका ४ जना पुरुष, बाँकेका ३ जना पुरुष, दैलेखका एकजना महिला, दाङका एकजना पुरुष, धादिङका एकजना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका एकजना पुरुष, इलामका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जुम्लाका एकजना पुरुष, कंचनपुरका एकजना पुरुष, खोटाङका एकजना पुरुष, लमजुङका एकजना पुरुष, ओखलढुंगाका २ जना पुरुष, पाल्पाका एकजना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा रसुवा जिल्लाबाहेक सबै अर्थात ७६ जिल्लामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित