एमसीसी एउटा जाल हो, नेपाल खाने चाल हो !

काठमाडौं । अ‍मेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न नहुने भन्दै युवाहरुले प्रदर्शन गरेका छन्। बुधबार एमसीसी खारेजको मागसहित माइतीघरदेखि बानेश्वरसम्म युवाहरुको र्‍याली गरेका छन्।

‘एमसीसी सझौता खारेज गर, राष्ट्रिय स्वधीनताको रक्षा गर, एमसीसी सहयोग चाहिदैन, देश बेच्न पाइँदैन, जनता होऔं होसियार, नेतालाई गरौं खबदार, भन्नोस् एमसीसी के हो ? आई.पी.एस.को अंग हो, भन्नोस् आइ .पी.एस. के हो ?, साम्राज्यबादी गठबन्दन हो , एमसीसी एउटा जाल हो , नेपाल खाने चाल हो , एमसीसी संशोधन धोका हो , द्वन्द छिर्ने ढोका हो, असंलग्न नेपाललाई, सैन्य गठबन्धन चाँहिदैन !, पंचशीलको सिदान्त, मासी खान पाइँदैन !, इन्डो-अमेरिकी गठबन्धन, मुर्दावाद-मुर्दावाद र नेपाली राष्ट्रिय स्वाभिमान, जिन्दावाद जिन्दावाद भन्दै नारा लगाइएको थियो।

मुलुकको राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने भएकाले विरोध गरेको र्‍यालीमा सहभागी समिर बुढाथोकीले बताए। उनले महत्वका स्थानहरुमा आफ्नो कब्जा जमाउने अमेरिकाको रणनीति रहेकाले एमसीसी लागू गर्न नहुने तर्क गरे। एमसीसी राष्ट्रघाति सम्झौता भएकाले कुनै हालतमा नेपालमा लागू गर्न नहुने विरोध र्‍यालीमा सहभागी रविन बस्‍नेतले बताए।

उक्त र्‍याली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवाहरुको बाहुल्य रहेको थियो। सत्तारुढ नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी जसरी पनि नेपालमा लागू गर्ने पक्षमा छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागू गर्न नहुने पक्षमा छन्। सो आन्दोलनमा पनि प्रचण्ड पक्षधरका युवाहरुको बढी सहभागी थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.