शनिबार कुन कुन जिल्लामा संक्रमित थपिए ?

काठमाडौं । गत २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी, गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा ९, धादिङ, प्यूठान र मोरङमा ८/८, बर्दिया, रौटहट र भक्तपुरमा ७/७, बारा र दाङमा ४/४, रामेछापमा ३, सुनसरीमा २, काठमाडौं, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा १/१ जना थपिएका छन् ।

आज ४९ महिला र २ सय ८२ पुरुष गरी कुल ३ सय ३१ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारर कोभिड-९ को संक्रमण्बाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएका छन् ।

२ सय बढी संक्रमित हुनेको जिल्लाको संख्या ५ र १ सय भन्दा बढी संक्रमित हुनेको संख्या १६ पुगेको छ ।

७७ मध्ये अहिलेसम्म ७४ जिल्ला कोरोनाबाट प्रभावित भएका छन् । रसुवा, ओखलढुंगा र मुस्ताङमा हालसम्म संक्रमण देखिएको छैन ।

Facebook Comments