कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय

काठमाडौं : कोरोना भाइस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

लकडाउन खुकुलो हुँदा संक्रमण बड्दै गएको भन्दै केन्द्रले अत्यावश्यक काम नभएर बाहिर ननिस्कने र बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

केन्द्रको बैठकका
-क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने,
-संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने,
-रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,
-स्वास्थ्य सामग्रीको थप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने,
-कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी र परिवारका सदस्यलाई आवश्यकता हेरेर जान र आउन छुट दिने,
-वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकका हकमा श्रम मन्त्रालय र पढ्न जाने विद्यार्थीका हकमा शिक्षा मन्त्रालयलाई आवश्यकता हेरेर निर्णय गर्ने जिम्मेवारी,
-कोरोना रोकथामाका लागि ३५ करोड रुपैयाँ प्रदेश मार्फत् पालिकालाई दिन निकासा,
-कोरोना संक्रमण फैलिएको अवस्था हेरेर पालिकालाई पूर्ण सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिने । त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने,
-क्वारेनटाइनको खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिनेलगायत निर्णय सीसीएमसी केन्द्रले गरेको हो ।

केन्द्रले कोरोना संकटमा २४ घण्टा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सञ्चार मध्यम र सबै निकायलाई आह्वानसमेत गरेको छ । अन्नपुर्ण पाेष्टबाट

Facebook Comments