युद्ध रोक्न चिनियाँ दूतावास अगाडि प्रदर्शन(फाेटाेफिचर)

काठमाडौैं । युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरुले भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् ।

भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका सेना बीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका हुन् । मानव अधिकार शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधनमन्त्री समक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनैपनि सम्भावनालाई खारेज गर्न दावाव दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्नामा बसिएको बताए ।

उनले युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने पनि बताए । अधिकारकर्मीहरुले ‘आवेगमा होइन विवेकको प्रदर्शन गर’, ‘युद्धको कुनैपनि सम्भावनालाई खारेज गर’, ‘समझदारी विस्तार गर’, ‘युद्ध निषेधः शान्ति विशेष’ ‘स्टप वार प्रोमोट पिस’, ‘वार इज क्राइम’ लगायत लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।

केही दिनयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ र दुईदेशका सेना बीच भीडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.