रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत् नेपाली सेनाले चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको विषय खुलासासँगै
सरक्षा क्षेत्र तरंगित भएकाे छ। यो खुलासासँगै संगठन बदनाम भएको भन्दै सेना मेडिकल सामान खरिदको प्रक्रियाबाट भने बाहिरिएको छ।

ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए। विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भएपछि सैनिक नेतृत्व रक्षामन्त्रीले फसाएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद्‍बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेल हाबी भएका थिए। पोखरेलको निर्देशनअनुसार खरिद सम्झौता गरेर भित्र्याएको मेडिकल सामग्री यस अगाडि ओम्नीमार्फत किनिएका र विभागले खरिद गरेको सामग्रीको मूल्यभन्दा तीन गुणासम्म बढी भएको खुलेपछि संगठन विवादमा तानिएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.