‘सरकारले अवकास प्राप्त गोर्खा सैनिकमाथि ठुलो अन्याय र विभेद गरेको छ’

दार्चुला । विश्व महामारी कोभिड १९ का कारण झन्डै तीन महिना सम्म लकडाउन का कारणले भुतपुर्व गोर्खा सैनिकले पेन्सन बुझ्न पाएका छैन्न नेपाल र भारत सिमा नाका बन्द गरि सरकार कानमा तेल हालेर बसेको महाकाली नगरपालिका वडा नम्बर १ का पुर्ब गोर्खा सैनिक कल्यान कुवरले बताए ।

भुतपुर्व गोर्खा सैनिकले प्रत्येक महिना भारतीय स्टेट बैंकबाट पेन्सन बुझ्ने गरेको र हाल कोभिड १९ कोरना कारण सीमा नाका बन्द भएकाेले पेन्सन बुझ्न नपाएकाे उनले बताए । नेपाल सरकारले तीन महिना सम्म सिमा नाका बन्द गर्दा त्यस को प्रत्येक्ष असर भारत सरकार बाट पेन्सन बुझ्नेलाई परेको छ ।

पुर्ब गोर्खा सैनिक भन्नू हुन्छ पेन्सन बुझ्न जानका लागि स्थानीय प्रशासन संग कागज पत्र देखाएनी माथिको आदेश नआउन्जे सिमानाका बाट कोहि लाई आवतजावत गर्न मिल्दैन भनेर भन्ने गरेको बताए । तीन महिना सम्म त जेनतेन चलेको थियो अझै लकडाउन लम्बियो भने हामी पेन्सनकै भरमा परिवारका पाल्नेहरुको के हालत हुन्छ यदि तत्काल सिमा नाका नखुले हामीले कसरी परिवार पाल्ने होला भनेर चिन्ता बढिरहेको पुर्व गोर्खा सैनिक कल्यान कुवरले बताए।

सुदुरपशिमका पुर्व गोर्खा सैनिक र भारत वाट अवकाश प्राप्त कर्मचारी हरुले पेन्सन बुझ्न नपाउदा हातमुख जोर्न धौधौ भएको दुखेसो गर्नु भएको छ । भुतपुर्ब गोर्खा सैनिकहरुको पेन्सन बुझ्ने बेवास्ता सरकारले तत्काल नगरेको अवस्थामा सिमामा अनशन बस्न पछि नपर्ने समेत कल्यान कुवरले बताए । सरकारले समय मिलाएर हाम्रो समस्यालाई नबुझे जुनसुकै आन्दोलन गर्न पछि नपर्ने पुर्ब गोर्खा सैनिक कल्यान कुवरले बताए । भुतपुर्व गोर्खा सैनिकहरुले पेन्सन बुझ्न पाउनु पर्ने माग समेत गरेको बताए । सभार दार्चुला एफएम

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.