लकडाउनका कारण गाडी नचल्दा गनतब्य पुग्ने क्रममा बृद्धको मृत्यु

धनकुटा । धनकुटामा हिंड्दा हिड्दै बेहोस भएर एक बृद्धको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ बर्षीय रनबहादुर राईको मंगलबार दिउँसो सहिदभूमी–१ स्थित त्रिवेणीमा मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित तीन जना फर्कदै गर्दा बाटोमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । सुन्दरहरैंचाबाट बराहक्षेत्र–त्रिवेणी हुँदै भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थित अर्की छोरीको घरमा जाने क्रममा राईको मृत्यु भएको हो ।

लकडाउनका कारण गाडी नचल्दा उनीहरु मोरङको सुन्दरहरैचाबाट पैदल हिडेर भोजपुर जाँदै थिए । त्रिवेणी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिल राईका अनुसार बाटोमा आउने क्रममा तिर्खा लागेर कोकाकोला किनेर खाएपछि पैसा तिर्न खोज्दा राई अचानक ढलेका थिए । बेहोस भएर ढलेका राईको घटनास्थलमै मृत्यु भएको प्रसनी राईले बताए ।

अचानक मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि बुधबार बिहान धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । दिउँसो पोष्टमार्टम सकिएपछि आफन्तलाई शव जिम्मा लगाएर पठाईएको छ । हिंड्दै आएका उनको के कारणले अचानक मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

Facebook Comments