कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लाग्याे!

एजेन्सी । बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्।

बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।

अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्। अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई ‘डेक्सामिथासोन स्टेरोयड’ दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो।

उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो। यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.