साढे ८ घुससहित समातिएका ६ कर्मचारी १५ दिन थुनामा

काठमाडौँ । विशेष अदालतले घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

घुससहित पक्राउ परेका मालपोत अधिकृत कँडेल, नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हाे।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले बुधबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो।

आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित उनीहरूलाई पक्राउ गरेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.