काठमाडौँ । विशेष अदालतले घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
घुससहित पक्राउ परेका मालपोत अधिकृत कँडेल, नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हाे।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले बुधबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो।
आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित उनीहरूलाई पक्राउ गरेको थियो।
Facebook Comments