नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.