काेराेनाका कारण ज्यान जानेकाे संख्या २० पुग्याे

काठमाडौं । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सँगै मृतकको संख्या २० पुगेको छ।

मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनको मृत्यु भएपछि आएको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.