चिनियाँ लडाकु विमानलाई ताइवानले दियाे एयरस्पेसमै कडा टक्कर

काठमाडौं। वर्षौंदेखि चीनले ताइवानलाई आफ्नो हिस्साको रूपमा बताइरहेकाे छ। तर, ताइवानको आफ्नै निर्वाचित प्रजातान्त्रिक सरकार छ। यद्यपि चीनको विरोधका कारण ताइवानले धेरै अन्तर्राष्ट्रिय संस्थाहरूमा स्थान पाउन सकेन।

रोयटर्सका अनुसार मंगलबार पनि चिनियाँ सेनाले यस्तै प्रयास गरेको थियो र तिनीहरूको जे -१० विमान ताइवानको हवाई दायरामा प्रवेश गर्यो। ताइवानले चिनियाँ सेनाको विमानमाथि कडा रूपमा प्रस्तुत हुँदै जवाफ दियाे।

यही वायुसीमा क्षेत्रमा अघिल्लाे मंगलबार पनि एसयू ३० लडाकू चिनियाँ विमान ताइवानमा प्रवेश गरेका थिए र उनीहरूलाई ताइवानले चेतावनी दिँदै फर्काएकाे थियाे। यी विमानहरू चीनकाे उन्नत टेक्नोलोजीसहितको विमानहरू थिए। त्यसपछि शुक्रबार पनि चिनियाँ वाई ८, प्रोपेलर विमान विमान ताइवानको हवाई दायरामा प्रवेश गर्‍यो, जसलाई ताइवानले चेतावनी दिएका थिए।

चीनले गत महिना धम्की दिएको थियो कि यदि ताइवान एकीकरणका लागि तयार छैन भने यसमाथि आक्रमण हुनेछ। चीनको केन्द्रीय सैन्य आयोगका सदस्य र संयुक्त स्टाफ विभागका प्रमुख ली झुओचेङले भनेका छन कि ताइवानलाई स्वतन्त्र हुन नदिन अरु उपाय नभएमा चीनले आक्रमण गर्ने छ,आजतकमा उल्लेख गरिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.