लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त: कर्णेलसहित २० भन्दा बढी भारतीय सैनिककाे मृत्यु

एजेन्सी । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको भिडन्तमा भारतीय सेनाका २० जनाको मृत्यु भएको छ। लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन उपत्यकामा भएको उक्त भिडन्तमा परी अरु भारतीय सैनिकको पनि ज्यान गएको हुन सक्ने भारतीय मिडियाले दाबीसाथ लेखेका छन्।

पछिल्लो डेढ महिनायता तनावग्रस्त बनेको यो क्षेत्रमा भारत र चीनका सैनिकबीच घम्साघम्सी पर्दै आए पनि यो खालको क्षति भने भएको थिएन। १५ जुन साँझदेखि तनाव सिर्जना भएको थियो। झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेका छन्।

ज्यान गुमाउनेमा बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवलदार पालानी र सिपाही कुन्दन झा छन्। ज्यान गुमाउने अन्य भारतीय सैनिकको भने भारतीय सञ्चारमाध्यमले नाम उल्लेख गरेका छैनन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.