नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेको छ ।

गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Facebook Comments