महिला कामदारमाथि यौन दुर्व्यवहार गर्ने भारतीय नागरिक पक्राउ

सुनसरी। महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा हुन् । उनी दुहबीस्थिति पशुपति इन्डस्ट्रिजमा प्रोक्सन इञ्चार्ज भएर काम गर्थे ।

पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले पक्राउ परेका शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

इलाका प्रहरी कार्यलय दुहबीका अनुसार शर्मा नाइट ड्युटीमा खटिने महिला कामदारलाई बारम्बार यौन दुर्व्यवहार गर्ने गर्थे । मदिरा सेवन गरी काम गर्ने ठाउमा आएर कामदारको संवेदनशील अंगमा छुने र जबर्दस्ती शारीरिक सम्पर्क गर्नको लागि दबाब दिने गरेको महिलाहरुको आरोप छ ।

आरोपित शर्मा पशुपति इन्डस्ट्रिज सिलप्याक विभागका प्रडक्सन इञ्चार्ज हुन् भने महिलाहरु प्लास्टिकका बोरा, त्रिपाललगायत सामग्री बनाउने कामदार हुन् ।

Facebook Comments