‘भारतसँग तत्काल वार्ता हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको विषयमा एउटा अध्याय पूरा भएको र अर्को अध्यायका लागि भारतसँग वार्ता हुने बताएका छन्।

नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएलगत्तै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले तत्काल भारतसँग दुईपक्षीय वार्ता सुरु गरिने र त्यसबाट आफ्नो भूमि पूर्णरूपमा फिर्ता लिने बचन दिएका हुन्।

प्रधानमन्त्री ओलीले संसद्बाट फर्कने क्रममा भने, ‘राष्ट्रियताको पक्षमा मुलुक एकजुट हुनु राम्रो र सुखद सन्देश हो। भारतसँग तत्काल वार्ता हुन्छ।’

‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो एकता देखिएको छ। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ’, प्रधानमन्त्रीले भने, ‘अब छिट्टै वार्ता हुनेछ। वार्ता प्रक्रिया अगाडि बढ्छ।’  अन्नपुर्ण पाेष्टबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.