संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडाैँ । नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ।

नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने आपसी समझदारीको उल्लघंन गरेको दाबी भारतको छ। उक्त घटनालाई निकै गम्भीर र चासोको रूपमा लिएको भारतले जनाएको छ। संविधान संशोधन भएको केही बेरमा नै भारतीय विदेश मन्त्रालयले यस्तो धारणा बाहिर ल्याएको हो। ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक नेपालको संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले दुई मुलुकबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।’

नेपालले कृत्रिम तरिकाले भूभागको विस्तारको नक्सा जारी गरेको भारतीय दाबी छ। ‘ऐतिहासिक तथ्य र प्रमाणबिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन’, विज्ञप्तिमा भनिएको छ। सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडानलाई भारतले दोहोर्‍याएको छ। भारतले नेपालसँगको सीमा विवाद विदेशसचिव स्तरीय बैठक मार्फत अघि बढाउने भन्दै कोभिड १९ को प्रकोपसम्म अडिन भनेको थियो। आफूहरू वार्तामा आउने तर नेपाल त्यसका लागि सकारात्मक र रचनात्मक हुनुपर्ने भारतीय धारणा थियो। अन्नपुर्ण पाेष्ट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.