‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने ठुलाे कसरत गरिरहेकाे बताए।

संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले भने,’राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन संविधान संसोधन गर्न लागेको भन्दै गर्व महशुष गरिरहेकाे छु।’

प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दलको सहमति भएको भदै खुसी व्यक्त गरे । उनले लोकतन्त्र, संघीयतालाई मजबुत बनाउन सबै दल मिल्नुको विकल्प नभएको उनले बताए ।

प्रचण्डले भने, ‘कसैले जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेका हौं । यति गम्भिर राष्ट्रिय विषयलाई सर्वदलीय सहमति बनाउँदै अहिले सरकारले संविधान संसोधनद्वारा संविधानमा रहेको नक्सा सच्याउने पहलकदमीलाइए धन्यवाद भन्न चाहन्छु ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.