लकडाउनमा सरकारी नियमकाे उल्लघंन गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । लकडाउनमा सरकारी नियमकाे उल्घंन गर्ने एक चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हाे।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख श्याम ज्ञवालीका अनुसार चिनियाँ नम्बर प्लेटको ए ५ यू ६८८ नम्बरको सवारीमा चिनियाँ नागरिक वाङ यु म्याङ र नेपाली नागरिक अनिश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

लकडाउनमा बिना पास गाडी चलाउँदै हिंड्ने उनीहरुलाई बिजुलीबजारबाट पक्राउ लिइएको प्रहरीले जनाएको छ।

बरामद चिनियाँ नम्बरको सवारीसाधन लकडाउन अघि नै काठमाडौं भित्रिएको थियो। प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.