काठमाडाैँ । लामो समयसम्मम गरिएको लकडाउनकका कारण जनजीवन कष्टककर भएपछि सरकारले यसलाई खुकुलो बनाउने निर्णय गर्यो। लकडाउन खुकुलो भएसँगै जनजीवन सामानयतर्र्फ जान थालेको छ। जोरविजोर प्रणाल्मिा सवारी चलिरहेका छन्। यसले बजारमा चहलपल पनि देखिउको छ।
तर चार जिलामा भने लकडाउन यथावत राखिने भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ। सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो।
यी चार वटै जिल्लामा ‘एक्टिभ’ संक्रमण संख्या २ सय बढी छ। सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारको निर्देशन आउनसाथ लकडाउन लागू गर्ने जनाए।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले पनि मन्त्रालयको मापदण्डबारे भोलि छलफल गरेर अगाडि बढ्ने बताए।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले पनि लकडान अहिले पनि जारी रहेको भन्दै अब नयाँ मापदण्ड अनुसार पनि कायम रहने बताए।
उनका अनुसार अहिले जिल्लामा बिहान ५ बजेदेखि ८ बजे खाद्य तथा तरकारी पसल खोल्न दिइएको छ।
यसबाहेक सबै पसल बन्द गरिएको र त्यो कायम रहने क्षेत्रीले बताए।
दैलेखमा कर्णाली प्रदेशभरमै सबभन्दा बढी संक्रमित छन्। जसमा एक जना मृत्यु समेत भएको छ।
Facebook Comments