सरकारको बिरोध र सरिता गिरीको समर्थनमा प्रदर्शन(फाेटाेफिचर)

काठमाडाैँ । मधेसका युवाहरुले सरकारको विरोधमा रौतहटको गौरमा प्रदर्शन गरेका छन् । त्यस्तै भने जनता समाजबादी पार्टीकी नेतृ तथा संघीय सांसद सरिता गिरिको घरमा तोडफोड गरेको बिरोधमा गौरका युवाहरुले सडकमा उत्रेका हुन् ।

गौरको मधेश क्रान्ति चौक विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । आन्दोलनमा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै उभिएर केही बेर विरोधका नारा लगाएका थिए ।

ओली र देउवा राष्ट्रिय घाती हुन, गिरी होइनन् लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए। कोरोना र गिरीको बिबाद्लाइ लिएर सरकारको चौतर्फी विरोध सुरु भएको छ । गौरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments