काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।
१६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो ।
कुल संक्रमितमध्ये सुनखानी माध्यमिक विद्यालयकाे क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।
Facebook Comments