नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

डाेटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ ।

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए ।

उनले भने, “क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो ।” नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएकी उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.