मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

coronavirus-thumb-img

पोखरा । जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री नदेखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

Facebook Comments