काठमाडौं । धादिङमा बुधवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा आज मात्रै २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको र ६ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
Facebook Comments