छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । गएकाे २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको मृत्यु भएको भने लम्कीचुहा नगरपालिका–८ गप्का सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक सोही नगरपालिका–९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको मृत्यु भएको छ ।

त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्याङ्करलाई अर्को ट्याङकरले ठक्कर दिँदा रोकिएको ट्याङ्करका चालक भारतीय नागरिकको ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा बालुवा बोकेको ट्र्याक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी तीन वर्षीया सम्झना कुमारीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित