सुदुरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १३४ पुगेको छ । सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप १० जना कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् । त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालबाट १ जना संक्रमित निको भई घर गइसकेपछि निको हुनेको संख्या पनि १९ पुगेको छ । प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो ।

Facebook Comments