चीनबाट खरिद गरिएकाे स्वास्थ्य सामग्री: सेनाभन्दा स्वास्थ्य मन्त्रालयले महंगोमा किन्याे

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागमार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर, विभागमार्फत ओम्नी समूहसँग भएको सम्झौता विवादमा परेपछि नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिको जिम्मा दिइएको थियो ।

यही बेला सरकारको दुई निकायले खरिद गरेको स्वास्थ्य सामाग्रीको मल्यमा ठूलै अन्तर भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयले गगल्समा १ हजार ८९२.७६ रुपैयाँ, ग्लोब्समा ४.१८४ रुपैयाँ, भीआईएनवाईएल ग्लोब्समा १ सय ३८.३१ रुपैयाँ, प्रोटेक्टिभ फेस माक्समा ४८१.२७ रुपैयाँ र फेस शिल्डमा ११५.४८ रुपैयाँ बढी तिरेको पाइएको छ

रक्षा मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को मूल्य स्वास्थ्यले खरिद गरेभन्दा साढे ५ सय रुपैयाँ बढी छ भने सर्जिकल मास्कमा ५४.३३ रुपैयाँ र सु–कभर ६४.२९ रुपैयाँ बढी परेको पाइएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले भने कोरोना परीक्षण गर्ने किटमा सेनालेभन्दा ४ हजार ३८.३२ रुपैयाँ बढी मूल्य तिरेको देखिन्छ । यस्तै इन्फारेड थर्ममिटरमा समेत सेनाले खरिद गरेको मूल्यभन्दा २ हजार ५८५.४० रुपैयाँ बढी तिरेको पाइएको छ ।

गगल्समा १ हजार ८९२.७६ रुपैयाँ, ग्लोब्समा ४.१८४ रुपैयाँ, भीआईएनवाईएल ग्लोब्समा १ सय ३८.३१ रुपैयाँ, प्रोटेक्टिभ फेस माक्समा ४८१.२७ रुपैयाँ र फेस शिल्डमा ११५.४८ रुपैयाँ बढी तिरेको पाइएको छ ।

स्वास्थ्यले किनेको किट प्रतिगोटा ४ हजार महँगो

नेपाली सेनाले चस्मा खरिद गर्दा प्रति गोटा ३ सय ३.२४ रुपैयाँ तिरेको छ भने स्वास्थ्य मन्त्रायलले एक हजार ८ सय ९२.७८ बढी मूल्य तिर्दै २ हजार १ सय ९६ रुपैयाँमा खरिद गरेको छ।

सेनाले २०.२२ रुपैयाँमा खरिद गरेको ग्लोब्सलाई स्वास्थ्य मन्त्रालयले २४.४ रुपैयाँ तिरेको छ । भीआईएनवाईएल ग्लोब्सलाई सेनाले ८.०९ रुपैयाँमा खरिद गरेको छ भने स्वास्थ्य मन्त्रायलले १ सय ४६.४ रुपैयाँमा खरिद गरेको छ । उसले १३८.३१ रुपैयाँ बढी मूल्य तिरेर खरिद गरेको पाइएको हो ।

सेनाले ३७२.७३ रुपैयाँमा खरिद गरेको प्रोटेक्टिभ फेस मास्कलाई स्वास्थ्य मन्त्रालयले ८ सय ५४ रुपैयाँ तिरेको पाइएको छ । यसमा स्वास्थ्यले ४८१.२७ रुपैयाँ महँगो तिरेको पाइएको हो ।

सेनाले प्रति गोटा एक सय ८९.५३ तिरेको फेस शिल्डलाई स्वास्थ्यले ३ सय ५ रुपैयाँ तिरेको छ । यसमा स्वास्थ्यको मूल्य १ सय ११५.४८ रुपैयाँले बढी देखिन्छ । इन्फ्यारेड थर्मोमिटर सेनाले ५ हजार ३ सय ४४.६१ रुपैयाँमा खरिद गरेको छhttps://outlinesanchar.com/wp-admin/options-general.php भने स्वास्थ्य मन्त्रालयले २ हजार ५ सय ८५.४० रुपैयाँ बढी तिर्दै ७ हजार ९ सय ३० रुपैयाँमा खरिद गरेको छ ।

कोरोना भाइरस परीक्षण गर्ने किटमा पनि स्वास्थ्यले ४ हजार ३८.३२ रुपैयाँले महँगो रकम तिरेको पाइएको छ । सेनाले २ हजार ३३०.०८ रुपैयाँ तिर्दा स्वास्थ्य मन्त्रालयले ६ हजार ३ सय ६८.४ रुपैयाँ तिरेको छ ।

सेनाको खरिदमा तीन मन्त्रालयको स्वीकृति

स्वास्थ्य मन्त्रालयले सुरुमा ओम्नी कर्पोरेसनसँग स्वास्थ्य सामग्री खरिद गरेको थियो । महंगो मूल्यमा खरिद गर्नुका साथै भ्रष्टाचार भएको आरोप लागेपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गर्‍यो ।

त्यसपछि मन्त्रिपरिषदबाटै निर्णय गरेर स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई सुम्पिएको थियो । सेनालाई खरिद प्रक्रियामा सहभागी गराएको भनेर आलोचना समेत भएको थियो ।

सेनाले भने क्राइसिस म्योनजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत चीनको सिनोफार्म ग्रुपबाट स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढाएको पाइएको छ । सिनोफार्म चीनको सरकारी स्वामित्वको कम्पनी हो ।

प्राप्त विवरण अनुसार सिनोफार्मले चिनियाँ वाणिज्य मन्त्रालयमार्फत ७ अप्रिलमा नोट पठाउँदै मूल्य सूची पठाएको देखिन्छ । त्यस विवरणलाई स्वीकृतिका लागि नेपाली सेनाले रक्षा मन्त्रालय, परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई पनि पठाएको देखिन्छ ।

तीन वटै मन्त्रालयले स्वीकृति जनाएपछि मात्र सेनाले खरिद प्रक्रिया अघि बढेको पाइएको छ । त्यसरी खरिद गरेको सामाग्री अर्को सरकारी निकायले गरेको खरिद भन्दा किन महंगो पर्‍यो त ? जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेलाई ती सामाग्री महँगो हुनुको तीन कारण सुनाए ।

पहिलो, विभिन्न मुलुकमा चीनबाट निर्यात भएका औषधिमाथि प्रश्न उठेपछि प्रोटोकल पूरा गरेर मात्र सामान पठाउने चीनको निर्णय । यसले गुणस्तरमा कुनै प्रश्न नआउनेमा ढुक्क भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले यो नीति लागू हुनु अगावै सामग्री खरिद गरेको अधिकारीहरुको भनाइ छ । दोस्रो चाहिँ सेनाले स्वास्थ्य सामग्री खरिद गर्दा नेपाल औषधि खरिद गर्ने ८०औं राष्ट्र थियो र विश्वभर औषधिको माग बढेको थियो । र, बढ्दो मागसँगै औषधि खरिद महँगो भएको पाण्डेले बताए ।

तेस्रो चाहिँ नेपालसहित विश्वभर संक्रमणको अवस्था बढ्दो क्रममा हुनुले पनि मूल्यमा फरक पारेको उनले जनाए ।

सरकारले हालै मात्र राहत र क्वारेन्टिन व्यवस्थापनका साथै औषधि खरिदमा करिव १० अर्ब बढी खर्च भएको बताएपछि यसको हिसाव किताब समेत प्रमुख प्रतिपक्षी दलदेखि अाम जनताद्वारा खोजी भइरहेको छ ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित