‘भारतीय सेनामा ५० हजार नेपाली कार्यरत छन्, कूटनीतिक पहलबाट समस्या समाधान गराैँ’

काठमाडाैँ। ङ्याेए तमु धिं कास्कीले नेपाल र भारतको सम्बन्ध युगौँ युग देखि रहेको रहेकाे बताएकाे छ। ङ्याेए तमु धिं कास्कीका अध्यक्ष मन बहादुर गुरूङद्वारा जारी विज्ञप्तिमा दुइ देश बीचको मेल मिलाप, माया, ममता, सांस्कृतिक, आर्थिक र राजनीतिक लगायतका विभिन्न खालका गविविधिमा नेपाल भारतको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहँदै आएको उल्लेख छ।

जारी विज्ञप्तिमा भनिएकाे छ, ‘अर्को छिमेकी मुलुक चीनसँग पनि नेपालको विशेष सम्बन्ध छ। जहाँसम्म सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमित भएको प्रसंग छ, यो गहन विषय हो। अहिले नेपालको भूमि भारत र चीन दुबै तर्फबाट अतिक्रमित भएको छ। भारतले दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको सबैभन्दा ठुलो ३७२ वर्ग किलोमिटर क्षेत्र अतिक्रमित भएको छ। उसले त्यससँगै नवलपरासीका सुस्तासहित नेपालका ७१ स्थानमा ठुलो मात्रामा सीमा अतिक्रमित भएको छ। चीनले उत्तरी क्षेत्रतर्फका चार जिल्लाको ३६ हेक्टर भूभाग अतिक्रमित भएको हो। सरकारले नै तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमाक्षेत्र अतिक्रमित भएको छ। नेपाललाइ प्रकोप र दुख परेको मौका छोपेर सीमाक्षेत्रमा भारतले आफ्नो गतिविधि बढाउनु निन्दनिय छ।नेपालको पटक पटकको आग्रहलाइ वेवास्ता गर्दै लिपुलेक र कालापानीमा भएको अतिक्रमित प्रति ड्योए तमु धिं यो अवस्थामा नेपालले २ देशसँग सम्बन्ध विगारेर झगडा गरेर होइन, प्रमाण् र तथ्यको आधारमा रहेर सौहार्धपूर्ण वातावरणमा वार्ता र कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नु अहिलेको आवश्यकता हो भन्ने चाहन्छ।’

अहिले भारतीय सेनामा करिब ५० हजार नेपाली कार्यरत छन्। भने नेपालमा भारतीय सेना तथा अर्ध सैनिक बलबाट अवकाश प्राप्त भू.पू. गार्खा सैनिकले १ लाख २८ हजार भन्दा बढीले पेन्सन बुझ्ने गर्छन। उनीहरुको परिवार त्यसमा नै आश्रित छन्। उनीहरुले भारतमा रहदा विशेष योगदान गरेका छन्। उनीहरुको सेवाको पनि कदर हुनुपर्दछ। यस अवस्थामा २ ठुला देश भारत र चीनसँग विशेष सम्बन्ध कायम राष्ट्रिय स्वाधिनता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता रहने गरी दुवै देशले कूटनीतिक पहल र वार्ता सौहार्धपूर्ण माध्यमबाट समस्या समाधान होस भनि हामी हार्दिक अपेक्ष तथा कामना गर्दछाै भनी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments