कुन बैंककाे सिइओ तलब कति ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो ।

राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउने तबल भत्ता तथा आर्थिक सुविधाको विवरण पठाउन परिपत्र जारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

कति कमाउँछन् सिइओ ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओले गत आर्थिक वर्षमा ३ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन् । उनले पाएको यो रकम तलब, भत्ता तथा बैंकको नाफाबाट पाएको बोनस समेत हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओले ३ करोड ६ लाख, बैंक अफ काठमाडौंका सिइओले २ करोड ३२ लाख, प्रभु बैंकका सिइओले २ करोड २९ लाख, एनआइसी एसिया बैंकका सिइओले २ करोड १३ लाख रुपैयाँ तलब भत्ता तथा बोनस बुझेका थिए । निजी क्षेत्रका बाणिज्य बैंकमा सबैभन्दा कम रकम बुझ्ने प्राइम कमर्सियल बैंकका सिइओले नै एक वर्षमा १ करोड ९ लाख रुपैयाँ बुझेका थिए ।

Facebook Comments