चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादास्पद अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ।

राष्ट्रिय एकता अभियानले बिहीवार राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले राजदूत सोङलाई फिर्ता पठाउनसमेत माग गरेका छन्।

अभियानका अध्यक्ष विनय यादवको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले ‘चिनियाँ राजदूतलाई फिर्ता गर’, ‘ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन’, ‘आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा मधेस सम्पर्क समितिका संयोजक विनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियन्ता शिव पासवान, गणेशकुमार सिंहलगायतको सहभागिता थियो।

अध्यक्ष यादवले चिनियाँ राजदूतले जथाभावी बोलेर नेपाल-भारत सम्बन्धमाथि प्रहार गरेको र यो राजदूतको मर्यादाविपरीतको काम रहेको बताए। सरकारले कूटनीतिक प्रक्रियाद्वारा यस्ता गतिविधिमाथि रोक लगाउनुपर्ने उनको भनाइ छ।

‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीनमाथि हाम्रो निर्भरता कम रहेकाले खासै फरक परेन,’ यादवले भने, ‘भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन्।’

चीनले आफ्नो रणनीतिक योजनाका लागि नेपाल माथि ऋणको भारी बोकाएको यादवको आरोप छ। अहिले नेपाल-भारत सम्बन्ध बिगार्न पनि राजदूतले भूमिका खेलिरहेको उनले बताए।

‘चीनले नेपाललाई आफ्नो सस्तो/कमसल सामान बेच्ने बाजार र भारततर्फ सुनलगायतका सामान तस्करी गराउने ट्रान्जिट प्वाइन्टको रूपमा मात्र प्रयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्रमा कुनै योगदान गरेको छैन। चीनका यस्ता गतिविधिप्रति नेपाल सावधान र सचेत रहन आवश्यक छ।’

चिनियाँ राजदूत साेङले गत शनिवार एक सार्वजनिक कार्यक्रममा भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको बताउँदै यस्तोमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने अमर्यादित अभिव्यक्ति दिएका थिए।

उनले नेपालले भारतभन्दा चीनबाट आर्थिक लाभ लिन सक्ने बताएका थिए। उनकाे याे अभिव्यक्तिप्रति बिहीवारकाे प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले आपत्ति जनाएका छन्।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167