क्वारेन्टिनबाट फर्केको दुई दिनपछि मृत्यु

महोत्तरी । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ ।

यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए। रासस

Facebook Comments