काेराेना अपडेट : विश्वभर ७० लाख नाघे संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख दुई हजार ८५२ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments