दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २ जना सुत्केरी महिलाको उद्दार गरेको छ । सामाजिक विकास मन्त्रालयलको पहलमा सोमबार उनीहरुको उद्दार गरिएको हो । मन्त्रालयका अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षिया निर्मला खडका र कञ्चनपुर पुनर्वास नगरपालिकाकी २९ वर्षिय लजिमा तामाङको हेलिकोप्टरबाट उद्दार गरी नेपालगञ्ज अस्पताल ल्याइएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी वयलपाटा अस्पतालमा उपचार गराइरहेकी खड्काको आन्द्रा वेरिएको र तामाङको जटिल अवस्था रहेको जानकारी दिए । दुवै महिलाहरुलाई सिम्रिक एयरको हेलिकोप्टरवाट उद्दार गरि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

Facebook Comments