चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

तनहुँको व्यासनगरपालिकामा ज्येष्ठ नागरिक भवन शिलान्यास, तस्वीर : सानेबहादुर नेपाली/रासस

तनहुँ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरे ।

गण्डकी प्रदेश सरकारद्वारा रु १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजीक रहेको करीब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो ।

वडाभित्र बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करीब दुई किलोमिटर हिँडेर दमौली बजार नजीक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए ।

यसैबीच सोही वडास्थित धुपखोला नजीक करीब रु दुई लाखको लागतमा किरियापुत्री भवन निर्माण थालिएको छ । वडाले विनियोजन गरेको बजेट तथा स्थानीवासीको जनश्रमदान गरी भवन बनाउन लागिएको हो । समयावधिभित्रै भवन सम्पन्न गर्ने गरी काम भइरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए । रासस

Facebook Comments