भक्तपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा व्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इँटा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।

Facebook Comments