५ वटा एक्साभेटरमा आगजनी

Picture : Google

दाङ । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ् गरेर राखिएका ५ वटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीका कारण चारवटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एउटामा आंशिक क्षति पुगेको छ । ५ नम्बर प्रदेश कार्यालय दाङका अनुसार बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट एक्साभेटरमा आगजनी गरिएको छ ।

कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।