पश्चिम नवलपरासी र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला

काठमाडौं । पश्चिम नवलपरासी र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Facebook Comments